माओवादीको बुद्धिजिबि संगठनले निर्बाचनको समिक्षा ग¥यो

नुवाकोट न्यूज
नुवाकोट न्यूज

२०७९ जेष्ठ २९, आईतबार

बुद्धिजिबि संगठन

माओवादी केन्द्र निकट नेपाल बुद्धिजिबि संगठन बाग्मती प्रदेश समिति अन्तर्गत नुवाकोट, रसुवा र धादिङको बिस्तारित बैठक नुवाकोटमा सम्पन्न भएको छ । 
संगठनको बिस्तारित बैठकले बैशाख ३० गते सम्पन्न स्थानिय तहको निर्बाचनको समेत समिक्षा गरेको छ । नेपाल कम्युनिष्ट पार्टी माओबादी केन्द्रको सुभेच्छुक संस्थाको रुपमा रहेको नेपाल बुद्धिजिबि संगठनले स्थानिय तहको निर्बाचनमा माओबादी केन्द्रबाट निर्बाचित जनप्रतिनिधिहरुलाई बिज्ञको रुपमा सेवा प्रबाह गर्नुपर्नेमा जोड दिएको छ । 
साथै, सुभेच्छुक संस्था रहेकाले अब हुने प्रदेश र संघको निर्वाचनमा समेत पार्टिको आन्तरिक कार्य योजना निर्माण र कार्यक्रम निर्माणमा संगठनले सहकार्य गर्ने नेपाल बुद्धिजिबि संगठन नुवाकोटका अध्यक्ष बसुराम रिजालले बताउनुभएको छ ।  
तिन जिल्लाको बिस्तारिक बैठक सम्पन्न भएसँगै अब प्रदेश स्तरिय भेला र केन्द्रिय भेलाबाट संगठनको कार्ययोजना र पार्टिको निर्बाचन तयारी कार्यक्रम तयार पार्ने संगठनले जनाएको छ ।