नुवाकोट समन्वय समिति : ५ बर्ष पहिला काँग्रेसले पेल्यो, अहिले हामी दिन्नौ
पार्वती बिश्वकर्मा
२०७९ जेष्ठ २३, सोमबार

नुवाकोटमा जिल्ला समन्वय समितिको निर्वाचन जेठ २७ गतेको लागी तोकिएको छ ।
समन्वय समितिको गठन प्रक्रिया सुरु भएसँगै जिल्ला समन्वयमा कुनकुन दलले सहभागिता जनाउने भन्ने निस्चित भएको छै्रन । तर, कुल २४ सदस्य रहेको जिल्ला समन्वय समितिमा नेकपा माओबादी केन्द्रको १२, नेपाली काँग्रेसको ११ र नेकपा एमालेको १ सिट रहेको छ । नेकपा एमाले नुवाकोटले जिल्ला समन्वय समिति नेकपा माओबादी केन्द्रले एक्लै बनाएमा निस्वार्थ सहयोग गर्ने जनाएको छ ।
तर, यता माओवादी केन्द्र र नेपाली काँग्रेसको जिल्ला नेतृव भने गठबन्धन गरेर जाने तयारी थालिएको छ ।
माओबादी केन्दको एकपक्ष एक्लैले समन्वय समिति गठन गर्ने तयारीमा रहेको छ भने अर्कोपक्ष काँग्रेससंग मिलेर जाने देखिएको छ । माओवादीका अधिकाँस सदस्यहरुले अघिल्लो निर्वाचनमा नेपाली काँग्रेसले आफ्नो बहुमत रहेको समयमा माओवादीलाई एक सदस्य समेत नदिएका कारण अहिले माओवादी केन्द्रले मात्रै बनाउनुपर्ने माग गरेका छन् ।
जिल्ला समन्वयको लागी आवश्यक मत माओबादी केन्द्र एक्लैसँग रहेको. बताउदै माओवादी केन्द्रका मतदाताहरुले एक्लै समन्वय गठन गर्नुपर्ने माग गरेका हुन् ।
आफ्नो पार्टीको बहुमत रहेको समयमा नेपाली काँग्रेसलाई भोट हाल्नुपरे पार्टीनै छोड्ने चेतावनी समेत माओवादी केन्द्रका सदस्यहरुले दिएका छन् । काँग्रेसलाई सजिलो हुने स्थानिय तहमा मात्र गठबन्धन गरेर अन्य स्थानिय तहमा माओवादीलाई सिध्याउने हर्कत गरेकाले माओवादी केन्द्रले मात्रै समन्वय समिति बनाउनुपर्ने माग उहाँहरुले राखेका छन् ।
माओबादी र काँग्रेसको केन्द्रलेनै गठबन्धन गरेर समन्य समिति गठन गर्न परिपत्र गरेको छ । तर, नुवाकोटमा २४ सिट मध्ये १२ सिट माओबादी केन्द्रको रहेकाले एक्लै समन्वय समिति गठन गर्नुपर्ने माओबादी केन्द्रका सदस्यहरुले बताउन थालेका छन् । जिल्ला समन्वय समितिमा गाँउपालिका तथा नगरपालिकाका प्रमुख र उपप्रमुख मतदाता रहने छन् । जसमा सबै भन्दा धेरै माओबादी केन्द्रको रहेको छ । त्यसमा अझै १ मत नेकपा एमालेले निसर्त रुपमा माओबादी केन्द्रलाई सहयोग गर्ने जनाएको छ ।
स्थानिय तहको निर्बाचन सम्पन्न भएको १ महिला भित्रमा जिल्ला समन्वय समितिको पहिलो बैठक बसिसक्नु पर्ने पबधान संबिधानमा उल्लेख छ । संबिधानमा ब्यबस्था भए अनुसार ज्येष्ठ सदस्यको अध्यक्षतामा पहिलो बैठक बसेपछी जिल्ला समन्वय समितिको गठन प्रकृया सुरु हुने प्राबधान रहेको छ ।
पहिलो बैठकपछी मुख्य निर्बाचन अधिकृतको कार्यालयले निर्बाचन कार्यतालिका प्रकाशन गरेको हो । प्रकाशन गरेको कार्यतालिका अनुसार कार्यालयले नामावली प्रकाशन गर्ने, नामावली सच्याउन संशोधन गर्ने, मतदाताको नामावलीमा उजुरी दिने मिति जेठ २४ गतेलाई तोकिएको छ ।
यस्तै, अन्तिम नामावली प्रकाशन गर्ने, मनोनयन दर्ता, उम्मेद्धवारको दर्ता सुचि प्रकाशन र उम्मेदावारी विरुद्ध दाबी विरोध गर्ने २५ गतेलाई तोकेको छ । यस्तै, जेठ २६ गते मनोनयनको जनाँच गर्ने, परेका उजुरी उपज छलफल गर्ने, उम्मेद्धवारको नामावली प्रकाशन, उम्मेद्धवारी फिर्ता, अन्तिम नामावली प्रकाशन र उम्मेद्धवारहरुलाई निर्बाचन चिन्ह प्रदान गर्ने जनाएको छ ।
जेठ २७ गते शुक्रबार बिहान ११ बजेबाट समन्वय समितिको मतदान सुरु हुने कार्यतालीका रहेको छ । २७ गते हुने निर्बाचनले समन्वय प्रमुख १ जना, उपप्रमुख १ जना, महिला सदस्य ३ जना, दलित वा अल्पसंख्यक सदस्यबाट १ जना र खुल्ला सदस्यमा २ जना गरि ९ जना निर्बाचित गर्ने सुर्यगढी गाँउपालिकाका अध्यक्ष एवं जिल्ला सभा पहिलो बैठकका अध्यक्ष सन्तबहादुर घलेले जानकारी दिनु भयो ।