नुवाकोटमा जिल्ला समन्वय समितिको निर्बाचन जेठ २७ गते हुने

प्रभा ढुङ्गाना
प्रभा ढुङ्गाना

२०७९ जेष्ठ २३, सोमबार

समन्वय समिति, नुवाकोट, सन्तबहादुर घले

नुवाकोटमा जिल्ला समन्वय समितिको निर्बाचन जेठ २७ गते हुने भएको छ । 
मुख्य निर्बाचन अधिकृतको कार्यालयले जेठ २७ गते जिल्ला समन्वय समितिको निर्बाचन गर्ने कार्यतालिका प्रकाशन गरेको छ । जेठ २४ गते मतदाता नामावली प्रकाशन गर्ने गरी निर्बाचन प्रक्रिया सुरु गरेको छ । 
ज्येष्ठ सदस्यको अध्यक्षतामा पहिलो जिल्ला सभाको बैठक बसेसँगै गठन प्रकृया सुरु भएको हो । नुवाकोटमा जिल्ला सभाको लागी २४ जना सदस्य रहेका छन् । १२ स्थानिय तहमा प्रमुख र उपप्रमुख जिल्ला समन्वय समितिकोसदस्य रहने प्राबधान रहेको छ । सुर्यगढी गाँउपालिकाका अध्यक्ष सन्तबहादुर घलेको अध्यक्षतामा बसेको पहिलो बैठकले अबको १३ दिन भित्र निर्बाचन कार्यतालीका सहित जिल्ला समन्वय समितिको गठन प्रकृया अगाढी बढाउन मुख्य निर्बाचन अधिकृतको कार्यालयलाई अख्तियारी दिएको थियो । 
पहिलो बैठकले जिल्ला समन्वय समितिमा बाग्मती प्रदेश, संघ तथा अन्य श्रोतबाट प्राप्त बजेट तथा कार्यक्रम प्राथमिकिकरण तथा बर्गिकरण गरि कार्यान्वयन गर्न जिल्ला समन्वय समितिलाई अधिकार प्रदान गर्ने निर्णय समेत गरेको छ ।  
यस्तै, स्थानिय तह, संघ तथा प्रदेशबाट सञ्चालन भएका योजनाहरुको तोकिएको समयसिमा भित्र निर्माण सम्पन्न, गुणस्तर मापन तथा आबाश्यक सहजिकरण गर्ने जिम्मेवारी समेत जिल्ला समन्वय समिति नुवाकोटलाई अधिकार दिने निर्णय भएको सन्तबहादुर घलेले जानकारी दिनु भयो । 
स्थानिय तहको निर्बाचन सम्पन्न भएको १ महिला भित्रमा जिल्ला समन्वय समितिको पहिलो बैठक बसिसक्नु पर्ने प्राबधान संबिधानमा उल्लेख छ । संबिधानमा ब्यबस्था भए अनुसार ज्येष्ठ सदस्यको अध्यक्षतामा पहिलो बैठक बसेपछी जिल्ला समन्वय समितिको गठन प्रकृया सुरु हुने प्राबधान रहेको छ । पहिलो बैठकपछी मुख्य निर्बाचन अधिकृतको कार्यालयले निर्बाचन कार्यतालीका प्रकाशन गरेको हो ।  
प्रकाशन गरेको कार्यतालीका अनुसार कार्यालयले नामावली प्रकाशन गर्ने, नामावली सच्याउन संशोधन गर्ने, मतदाताको नामावलीमा उजुरी दिने मिति २४ गतेलाई तोकेको छ । 
यस्तै, अन्तिम नामावली प्रकाशन गर्ने, मनोनयन दर्ता, उम्मेद्धवारको दर्ता सुचि प्रकाशन र उम्मेदावारी विरुद्ध दाबी विरोध गर्ने २५ गतेलाई तोकेको छ । यस्तै, जेठ २६ गते मनोनयनको जनाँच गर्ने, परेका उजुरी उपज छलफल गर्ने, उम्मेद्धवारको नामावली प्रकाशन, उम्मेद्धवारी फिर्ता, अन्तिम नामावली प्रकाशन र उम्मेद्धवारहरुलाई निर्बाचन चिन्ह प्रदान गर्ने जनाएको छ । 
जेठ २७ गते शुक्रबार बिहान ११ बजेबाट समन्वय समितिको मतदान सुरु हुने कार्यतालिका रहेको छ । २७ गते हुने निर्बाचनले समन्वय प्रमुख १ जना, उपप्रमुख १ जना, महिला सदस्य ३ जना, दलित वा अल्पसंख्यक सदस्यबाट १ जना र खुल्ला सदस्यमा २ जना गरि ९ जना निर्बाचित गर्ने सुर्यगढी गाँउपालिकाका अध्यक्ष एवं जिल्ला सभा पहिलो बैठकका अध्यक्ष सन्तबहादुर घलेले जानकारी दिनु भयो ।  
समन्वय समितिको गठन प्रकृया सुरु भएसँगै जिल्ला समन्वयमा कुन कुन दलले सहभागीता जनाउने भन्ने निस्चित भएको छै्रन् । कुल २४ सदस्य रहेको जिल्ला समन्वय समितिमा नेकपा माओबादी केन्द्रको १२, नेपाली काँग्रेसको ११ र नेकपा एमालेको १ सिट रहेको छ ।

 

समन्वय समिति, नुवाकोट, सन्तबहादुर घले

नेकपा एमाले नुवाकोटले जिल्ला समन्वय समिति नेकपा माओबादी केन्द्रले एक्लै बनाएमा निस्वार्थ सहयोग गर्ने जनाएको छ । तर, यता माओबादी र काँग्रेस जिल्ला नेतृत्व भने गठबन्धन गरेर जाने तयारी गर्न थालेको छ । नेकपा माओबादी केन्द्रले प्रमुख सहित ४ जना सदस्य र नेपाली काँग्रेसले उपप्रमुख सहित ३ सदस्य लिने गरि काँग्रेसले प्रस्ताब गरेको छ । 
यता, माओबादी केन्द्र एक्लैले समन्वय समिति गठन गर्ने तयारी समेत सुरु भएको छ । जिल्ला समन्वयको लागी आबाश्यक मत माओबादी केन्द्र एक्लैसँग रहेको. बताउदै माओबादीका मतदाताहरुले एक्लै समन्वय गठन गर्नुपर्ने माग गरेका छन् ।
माओबादी र काँग्रेसको केन्द्रलेनै गठबनधन गरेर समन्य समिति गठन गर्न परिपत्र गरेको छ । तर, नुवाकोटमा २४ सिट मध्ये १२ सिट माओबादी केन्द्रको रहेकाले एक्लै समन्वय समिति गठन गर्नुपर्ने माओबादी केन्द्रका सदस्यहरुले बताउन थालेका छन् । 
जिल्ला समन्वय समितिमा गाँउपालिका तथा नगरपालिकाका प्रमुख र उपप्रमुख मतदाता रहने छन् । जसमा सबै भन्दा धेरै माओबादी केन्द्रको रहेको छ । त्यसमा अझै १ मत नेकपा एमालेले निसर्त रुपमा माओबादीलाई सहयोग गर्ने जनाएको छ ।