दुप्चेस्वर गाँउपालिका : अध्यक्ष र उपाध्यक्ष सहित ४ वडामा माओवादी केन्द्र विजयी

नुवाकोट न्यूज
नुवाकोट न्यूज

२०७९ जेष्ठ ३, मंगलबार

दुप्चेस्वर गाँउपालिका, दुप्चेस्वर, शंकरबहादुर थापा, माकुरी तामाङ

नुवाकोटको दुप्चेस्वर गाँउपालिकामा नेकपा माओवादी केन्द्र अध्यक्ष र उपाध्यक्ष सहित ४ वटा वडामा विजयी भएको छ ।  
अध्यक्षमा शंकरबहादुर थापा र उपाध्यक्षमा माकुरी तामाङ फराकिलो मतान्तरले विजयी हुनुभएको छ । केहि मत गन्न बाँकी भएपनि फराकिलो मतान्तरले उहाँहरु विजयी भईसक्नुभएको छ ।
माओवादी केन्दको दुप्चेस्वरको वडा नम्बर १ मा वडा अध्यक्ष सिताराम तामाङ सहित प्यानलनै विजयी भएका छन् । वडा अध्यक्षमा तामाङले ६८८ मत प्राप्तगरी निकटतम प्रतिस्पर्धीसंग १२९ मतको मतान्तरमा विजयी हुनुभएको छ । 
यसैगरी, वडा नम्बर २ मा वडा अध्यक्ष बिरबल तामाङ सहित प्यानलनै विजयी भएका छन् । वडा अध्यक्षमा तामाङले ७७५ मत प्राप्तगरी निकटतम प्रतिस्पर्धीसंग ७४ मतको मतान्तरमा विजयी हुनुभएको छ ।
यसैगरी, वडा नम्बर ४ मा वडा अध्यक्ष ज्ञानबहादुर तामाङ सहित प्यानलनै विजयी भएका छन् । वडा अध्यक्षमा तामाङले ८०० मत प्राप्तगरी निकटतम प्रतिस्पर्धीसंग ८६ मतको मतान्तरमा विजयी हुनुभएको छ ।
यसैगरी, वडा नम्बर ७ को मतगणना जारी रहेको छ । नेकपा माओवादी केन्द्रबाट अध्यक्षका उम्मेदवार बुद्धिमान तामाङ सहित प्यानलनै ४०० मत गन्न बाँकी रहँदा १६० मतान्तरले अग्रस्थानमा रहेका छन् । 
दुप्चेस्वरको वडा नम्बर ५ र ६ मा नेकपा एमालेका वडा अध्यक्षहरु विजयी हुनुभएको छ । वडा नम्बर ५ मा  माईतबहादुर तामाङ विजयी हुनुभएको छ भने वडा नम्बर ६ मा किसोर आचार्य विजयी हुनुभएको छ । आचार्य यसअघिपनि २०७४ मा उक्त वडाबाट निर्बाचित हुनुभएको थियो । 
७ वटा वडा रहेको दुप्चेस्वरमा नेपाली काँग्रेसले १ वटा वडामात्र जितेको छ । नेपाली काँग्रेसबाट वडा नम्बर ३ मा धु्रवकर केसीको प्यानल विजयी भएको छ । केसी यस अघिपनि २०७४ मा उक्त वडाबाट वडा अध्यक्ष पदमा निर्बाचित हुनुभएको थियो ।