सुर्यगढी : अध्यक्ष र उपाध्यक्ष सहित ३ वडामा नेपाली काँग्रेस विजयी (मत परिणाम सहित)

नुवाकोट न्यूज
नुवाकोट न्यूज

२०७९ जेष्ठ ३, मंगलबार

सुर्यगढी गाँउपालिका, सन्तबहादुर घले, मञ्जु ढकाल बुढाथोकी

नुवाकोटको सुर्यगढी गाँउपालिकामा नेपाली काँग्रेस अध्यक्ष र उपाध्यक्ष सहित ३ वटा वडामा विजयी भएका छन् । नेकपा माओवादी केन्द्र र नेकपा समाजवादीको गठबन्धन, नेकपा एमालेको बलियो प्रतिस्पर्धीलाई पछि पार्दै नेपाली काँग्रेस एक्लैले जित हासिल गरेको छ ।
अध्यक्ष र उपाध्यक्ष दुवै पदमा पुःन सन्तबहादुर घले र मञ्जु ढकाल बुढाथोकी बिजयी हुनुभएको छ । अध्यक्षमा सन्तबहादुर घलेले ३७५९ मत प्राप्त गरी ८७० मतको मतान्तरले विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका राजेन्द्र रिजालले २८८९ मत प्राप्त गर्नुभएको छ भने नेकपा माओवादी केन्द्र र नेकपा समाजवादीको गठबन्धनबाट उम्मेदवार बन्नुभएका धु्रव अधिकारीले २१७४ मत प्राप्त गर्नुभएको छ ।  
यस्तै, उपाध्यक्षमा मञ्जु बुढाथोकी ढकालले ३२०३ मत प्राप्त गरी २७१ मतान्तरले विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी नेकपा एमालेका गंगा आचार्यले २९३२ मत प्राप्त गर्नुभएको छ भने नेकपा माओवादी केन्द्र र नेकपा समाजवादीको गठबन्धनबाट उम्मेदवार बन्नुभएका ईमान सिंह तामाङले २६७३ मत प्राप्त गर्नुभएको छ । 

 

सुर्यगढी गाँउपालिका, सन्तबहादुर घले, मञ्जु ढकाल बुढाथोकी सुर्यगढी गाँउपालिका, सन्तबहादुर घले, मञ्जु ढकाल बुढाथोकी

५ वटा वडा रहेको सुर्यगढीमा ३ वडामा नेपाली काँग्रेस र १ वडामा माओवादी केन्द्र र १ वडामा नेकपा एमालेले विजय हासिल गरेको छ । गाँउपालिकाको वडा नम्बर १ मा माओवादी केन्द्रबाट वडा अध्यक्ष राजकुकार तामाङ रञ्जित सहितका प्यानलनै विजयी छ । 
वडा नम्बर २, ४ र ५ मा नेपाली काँग्रेसले जित हासिल गरेको छ भने वडा नम्बर ३ मा नेकपा एमालेले विजयी हासिल गरेको छ । 

सुर्यगढी गाँउपालिका, सन्तबहादुर घले, मञ्जु ढकाल बुढाथोकी

वडा नम्बर २ मा वडा अध्यक्षमा दिपक अधिकारी सहितको सम्पुर्ण प्यानलनै नेपाली काँग्रेसले जितेको छ भने वडा नम्बर ४ मा वडा अध्यक्षमा रामशरण राई सहितको सम्पुर्ण प्यानलनै नेपाली काँग्रेसले जितेको छ । 
वडा नम्बर ५ मा यसअघि २०७४ मा नेकपा माओवादी केन्द्रले जितेकोमा अहिले नेपाली काँग्रेसले जित हासिल गरेको छ । काँग्रेसबाट अच्युत ढकालको विजयी भएको छ ।