तादी ३ : नेपाली काँग्रेसकोे प्यानलनै विजयी

नुवाकोट न्यूज
२०७९ जेष्ठ २, सोमबार

नुवाकोटको तादी गाँउपालिकाको वडा नम्बर ३ मा नेपाली काँग्रेसको प्यानलनै विजयी भएको छ ।
पछिल्लो मतपरिणम अनुशार नेपाली काँग्रेसको तर्फबाट वडा अध्यक्षका उममेदवार सोनाम थिङ तामाङले ६५४ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका वडा अध्यक्षका उम्मेदवारले ५१३ र माओवादी केन्द्रका उम्मेदवारले ३८१ मत प्राप्त गर्नुभएको छ ।
यस्तै, सदस्यहरुमा पनि नेपाली काँग्रेसकै उममेदवारहरु विजयी भएका छन् । महिला सदस्यले ६१७ मत, दलित महिला सदस्यमा ६४४ मत र पुरुष सदस्यहरुले ७३९ र ६७४ मत प्राप्त गरी विजयी हुनुभएको छ ।