शिवपुरीको वडा नम्बर १ र २ मा माओवादी केन्द्रको प्यानलै विजयी

पार्वती बिश्वकर्मा
पार्वती बिश्वकर्मा

२०७९ जेष्ठ १, आईतबार

शिवपुरी गाँउपालिका, माओवादी केन्द्र

नुवाकोटको शिवपुरी गाँउपालिकाको वडा नम्बर १ र २ मा माओवादी केन्द्रको प्यानलै विजयी भएको छ । वडा नम्बर १ मा वडा अध्यक्षका उममेदवार सुकुराम तामाङ सहित सदस्यहरु सञ्जिमाया तामाङ, सुन्तली बिश्वकर्मा, दिपेन्द्र खत्री र प्रकाश तामाङ विजयी हुनुभएको छ । 
यसैगरी, वडा नम्बर २ मा पनि नेकपा माओवादी केन्द्रको प्यानलनै विजयी भएको छ । वडा अध्यक्षमा कुमार तामाङ, महिला सदस्यमा ज्ञानुमाया तामाङ, दलित महिला सदस्यमा निर्मला बिक, खुला सदस्यहरुमा अर्जुन तामाङ र मान बहादुर तामाङ निर्वाचित हुनुभएको हो । यो दुवै वडामा २०७४ निर्बाचनमा नेपाली काँग्रेसले जित हासिल गरेको थियो । शिवपुरीमा माओवादी केन्द्र र नेकपा समाजवादी पार्टीबिच गठबन्धन भएको छ ।