दुप्चेस्वर १ र २ मा माओवादीको प्यानलनै बिजयी
पार्वती बिश्वकर्मा
२०७९ जेष्ठ १, आईतबार

नुवाकोटको दुप्चेस्वर गाँउपालिकाको वडा नम्बर १ र २ मा माओवादी केन्द्रको प्यानलनै बिजयी भएको छ । वडा नम्बर १ बाट माओवादीका सिताराम तामाङले ६८८ मत प्राप्त गरी विजयी हुनुभएको छ । १७९० मत खसेकोमा तामाङले ६८८ मत प्राप्त गरी बिजयी हुनुभएको हो ।
यसैगरी, वडा नम्बर २ गाँउखर्कमा पनि माओवादी केन्द्रको प्यानलनै विजयी भएको छ । माओवादी केन्द्रका बिरबल तामाङले ७७५ मत प्राप्त गर्नुभएको थियो भने निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसले ७०१ मत प्राप्त गरेके थियो ।
वडा नम्बर १ र २ को मतगणना अनुशार गाँउपालिकाको अध्यक्ष र उपाध्यक्षमा माओवादी केन्द्रले नै अग्रता कायम गरिरहेको छ ।