श्रीराम श्रेष्ठको सिजोहरु

नुवाकोट न्यूज
२०७६ बैशाख १९, विहिबार

१,
अगाध प्रेमलीला छरिएर निस्किएछ
मान्दैन झुक्ने कुरा प्रेममय आत्मीयता
बाध्यता फरक बाटो समाजले मानेन ।
२,
तिमीले भनेपछि मान्नै पर्ने सबै कुरा
पागल बन्दै बोल्दै अन्धभक्त बान्नुपर्ने
पिल्छिएँ लामो समय धोका दियौ तिमीले ।
३,
मायाको बगैंचामा बसिहालौ सँगसँगै
तिमीले चाहे मात्र भने जस्तै तारा झर्छ
नि:शब्द भइरहँदा तिमीलाई बुझिन ।
४,
सम्झेको तिमीलाई मध्यरात आफ्नै ठानी
बिर्सन नसकिने भएपछि आफै एक्लै
यौवन साटासाटमा तिम्रो माया मातेछ ।
५,
मायालु तिम्रो रुप हेर्दाहेर्दै लोभिएछु
प्रस्ताव राख्नलाई आट गर्दै लम्किएको
मनको चाहनालाई बुझिँदिदा अनौठो ।
६,
हरेक पलपल सम्झिराख्छु तिमीलाई
बिर्सन गाह्रो हुन्छ दिन काट्न सकिएन
निष्ठुरी नभएकोमा राम्रो हुन्थ्यो सबैको ।
७,
मायाको फुलबारी सजाएर राख्दै थिए
पर्खेर बस्दाबस्दै रित्तो मन धल्किएछ
आशाको विश्वास पनि ब्यर्थ भयो कुरेर ।
श्रीराम श्रेष्ठ
बट्टार,नुवाकोट