किसानको खेतवारी जोत्दै भोट माग्दै राप्रपाका शशि बिक्रम

नुवाकोट न्यूज
नुवाकोट न्यूज

२०७९ बैशाख २५, आईतबार

राप्रपा, अध्यक्ष, मतदाता

हल गोरु नारेर किसानको बारी जोत्दै अध्यक्षका उम्मेदवार शशि बिक्रम : माथीको तस्विर 

बैशाख ३० गते हुन गैरहेको स्थानिय तह निर्बाचनमा राप्रपाबाट तादी गाँउपालिकाका  अध्यक्षका उम्मेदवार शशि विक्रम उप्रेतीको भोट माग्ने शैलीले जनताको मन जित्दै गएको छ । 
अध्यक्षका उम्मेदवार उप्रेतीले आफ्नो पार्टीको चुनाव चिन्ह हलो भएका कारण किसानहरुको बारीमै गएर हल गोरु नारेर बारी जोत्दै भोट माग्दै गर्नुभएको छ । जनतामाझ चिरपरिचित उप्रेतीले आफ्नो पक्षमा जनताले मत दिएर जिताएमा जनताकै मागअनुशारको सम्मृद्ध तादीको कल्पनामा आफु रहेको बताउनुभएको छ । 
पूर्ण रुपमा भ्रष्टचार मुक्त र सुशासन युक्त तादी गाउँपालिका निर्माण गर्दै समुन्नत र सुबिधा  सम्पन्न गाउँपालिका बनाउन हलो चिन्हमा मतदाताहरुले मतदान गरी आफुलाई विजयी गराउनेमा ढुक्क रहेको अध्यक्षका उम्मेदवार उप्रेतीले बताउनुभएको छ । 

राप्रपा, अध्यक्ष, मतदाता