४ हजार २ सय ४६ ले एसईई दिदै 

प्रभा ढुङ्गाना
प्रभा ढुङ्गाना

२०७९ बैशाख ७, बुधबार

एसईई, परिक्षा,  शिक्षा विकास तथा समन्वय ईकाई नुवाकोट, रुक्मिणी माध्यामिक बिद्यालय

बैशाख ९ गतेबाट शुरु हुने एसईई परिक्षाको सम्पुर्ण तयारी पुरा भएको छ । शिक्षा विकास तथा समन्वय ईकाई नुवाकोटका अनुशार २४ वटा केन्द्रबाट ४ हजार २ सय ४६ जना बिद्यार्थीहरुले परिक्षामा सहभागिता जनाउने छन् । 
बिद्यार्थीहरुको साधारण समुह मार्फत ४ हजार ६७ जना, प्राबिधिक बिद्यार्थीहरु १ सय ४९ जना र ग्रेडबृद्धि समुह मार्फत ३० जना गरी ४ हजार २ सय ४६ जना बिद्यार्थीहरुले परिक्षामा सहभागिता जनाउने शिक्षा विकास तथा समन्वय ईकाई नुवाकोटका परिक्षा प्रमुख सम्झना थपलियाले जानकारी दिनुभएको छ । 
२४ परिक्षा केन्द्रहरु मध्ये सबैभन्दा धेरै बिद्यार्थी रुक्मिणी माध्यामिक बिद्यालय समुन्द्रटार केन्द्रबाट २ सय ५७ जना बिद्यार्थीहरु रहेका छन् भने सबैभन्दा कम ज्ञानज्योति माध्यामिक बिद्यालय फिकुरीबाट ८९ जना बिद्यार्थीहरुको सहभागिता रहने परिक्षा प्रमुख थपलियाले जानकारी दिनुभएको छ । 
उहाँका अनुशार सबैभन्दा धेरै बिद्यार्थी बागेश्वरी माध्यामिक बिद्यालयबाट ९१ जना र सबैभन्दा कम सिता माध्यामिक बिद्यालय बर्सुन्चेतबाट ३ जना बिद्यार्थीहरु रहेका छन् । 
प्राबिधिक तर्फका १ सय ४९ जना बिद्यार्थीहरुको लागी पृथ्वी माध्यामिक बिद्यालय र ग्रेड बृद्धितर्फका ३० जना बिद्यार्थीहरुको लागी त्रिभुवन त्रिशुली माध्यामिक बिद्यालय त्रिशुली परिक्षा केन्द्र रहेको छ ।