गठबन्धनको प्रक्रिया अगी बढ्यो, १२ वटै तहमा गठबन्धन हुने
प्रभा ढुङ्गाना
२०७८ चैत्र १९, शनिबार

जिल्लास्तरमा गठबन्धनको निर्णय गर्ने नुवाकोट पहिलो जिल्ला बनेको छ । नुवाकोटमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) पार्टीको बीचमा गठबन्धन गर्ने सहमति भएको छ ।
गठबन्धन दलहरु बिचको केन्द्रीय नीति अनुसार जिल्लामै गठबन्धनको अधिकार पाएकाले कांग्रेस,माओवादी र समाजवादीका नेताहरूले छलफल गरी शुक्रबार बेलुका प्रारम्भिक सहमति गरेर गठबन्धन गर्ने निर्णय गरेका छन ।
नेपाली कांग्रेसका सभापति रमेशकुमार महत, नेकपा मओवादी केन्द्रका संयोजक पुष्प लामिछाने र नेकपा एकीकृत समाजवादीका अध्यक्ष गोविन्द नेपालीको बीचमा गठबन्धन गर्ने र बाँकी भागवण्डाका लागि पुन छलफल गर्ने सहमति भएको छ । उहाँहरु तीनै जनाले संयुक्त हस्ताक्षर गरेर विज्ञप्ति जारी गरेका छन ।

गठबन्धन दलहरु बिचको छलफल र सहमतिमै नुवाकोटको १२ वटै स्थानिय तहमा गठबन्धन गरेर जाने बताईएको छ ।
यसअघि नुवाकोटको १२ वटा स्थानिय तहमध्ये सातवटा पालिकामा नेपाली कांग्रेस, तीनमा एमाले र दुइवटा तहमा माओवादी केन्द्रले जित हासिल गरेको छ ।