किस्पाङको ताजीमा रामसिताको मन्दिर निर्माण

नुवाकोट न्यूज
नुवाकोट न्यूज

२०७८ चैत्र १८, शुक्रबार

किस्पाङ गाँउपालिका

नुवाकोटको किस्पाङ गाँउपालिका वडा नम्बर २ ताजीमा राम सिता मन्दिरको निमार्ण कार्य सम्पन्न भएको छ । गाँउपालिकाको आर्थिक बर्ष २०७६/०७७ मा दुई लाख रुपैयाँ र ०७७/०७८ मा ६ लाख रुपैयाँ गरी  ८ लाख रुपैयाँको लागतमा मन्दिर निर्माण गरेको मन्दिर निर्माण समितिका अध्यक्ष नारायण प्रसाद ढुङ्गानाले बताउनुभएको छ । 
गाँउमा गरिने धार्मिक कार्यहरु यसै मन्दिर परिसरमा गर्ने र अन्य रकमको व्यवस्था गरी उक्त परिसरमा मिनी पार्क समेत बनाउने योजना रहेको अध्यक्ष ढुंगानाले बताउनुभएको छ ।  मन्दिर निमार्ण कार्यमा १० लाख खर्च भएको र अपुग पैसा समितीका पदाधिकारीलेनै अन्यत्रबाट व्यवस्थापन गर्न पहल भैरहेको उहाँले बताउनुभएको छ । 
उक्त वडाका वडा सदस्य वद्रि देवकोटाले कम रकमबाट नै यस्तो उदारहणीय र पारदर्शी काम भएको बताउनुभएको छ । गाँउको विच भागमा बनाइएको मन्दिरले गाँउको शोभा बढाएकोले संरक्षण जर्गेना गर्ने दायित्व  र थप व्यवस्थित बनाउन सबैपक्षलाई सक्दो सहयोग गर्नलाई उहाँले अग्रह गर्नुभएको छ ।