श्रीराम श्रेष्ठको सात सिजोहरु

नुवाकोट न्यूज
नुवाकोट न्यूज

२०७६ बैशाख १७, मंगलबार

 श्रीराम श्रेष्ठ

 

१,
 नतोड आफैलाई कुविचार थुपारेर 
मान्छेको मस्तिष्कमा राम्रो कुरा भर्नुपर्छ
बुझेर खराब बाटो पुर्नुपर्छ आफैले । 

२, 
भाँचियो मन मुटु विश्वासमा घात हुँदा
शङ्कालु सोचाइले चिप्लिएर ओडारमा 
मित्रता टाडिएपछि हुने भयो खरानी ।

३,
जिन्दगी जिउनु छ आफैलाइ खियाउँदै
मनमा पीडा लिइ हाँस्नुपर्ने सधैँ जसो 
रोगको दलदलमा जाकिएर बाँचेको । 

४, 
विस्फोट भएपछि ज्वालामुखी छरिएछ
रिसले लात हान्दा जिब्रो हेर्दै निहुरिँदा 
सम्झदै अतीतलाइ घोप्टो पर्दै लाजले । 

५, 
अतीत सम्झेदेखि मन पनि जगाएथ्यो 
निरस समयमा पौठीबाजी गर्दागर्दै 
गुनासो समयसीमा समाधान कहिले ।

६, 
जिन्दगी क्षणकता बाँच्नुपर्छ हासीखुसी 
रिसले शत्रु बढ्छ भलो हुन्न कसैलाई 
मिलेर बसिबियाँलो आत्मीयता सबैमा । 

७, 
सोचाई भीर छुने बुझ्नलाई तल जाने
लिएर कालो मन छोप्दै जाँदा डरै डर 
वेदना थुपारिएको कालो भित्ता झस्केछ । 

श्रीराम श्रेष्ठ 
बट्टार, नुवाकोट