सुर्यगढी गाँउपालिकाद्धारा बृद्धबृद्धालाई कम्बल बितरण

नुवाकोट न्यूज
२०७८ माघ ६, विहिबार

नुवाकोटको सुर्यगढी गाँउपालिकाले जाडो मौसमलाई लक्षित गरी बृद्धबृद्धाहरुलाई न्यानो कपडा कम्बल बितरण गरेको छ ।
गाँउपालिकाको उपाध्यक्ष मञ्जु ढकाल बुढाथोकीको सभापतित्वमा अध्यक्ष सन्तबहादुर घलेले ५ वटै बडामा पुगेर कम्बल बितरण गर्नुभएको हो ।
वडा नम्बर १ को ८२ जना बृद्धबृद्धालाई बितरण गरिएको वडा अध्यक्ष ईमान सिंह तामाङले जानकारी दिनुभएको छ । यस्तै वडा नम्बर २, ३ र ४ को ६७÷६७ जनालाई बितरण गरिएको छ भने वडा नम्बर ५ को ९२ जना बृद्धबृद्धालाई बितरण गरिएको छ । कम्बल बितरण कार्यक्रममा वडा अध्यक्षहरु ईमान सिंह तामाङ, बासुदेव अधिकारी, ऋषिबहादुर पौडेल, रामकुमार गिरी, भैरव अधिकारीलगायतको सहभागिता रहेको थियो ।
गाँउपालिकाको प्रत्येक वडामा रहेका ८० बर्षभन्दा माथिका ३ सय ७५ जना बृद्धबृद्धालाई कम्बल बितरण गरिएको गाँउपालिकाका अध्यक्ष सन्तबहादुर घलेले जानकारी दिनुभएको छ ।
